Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

नेपालले गुमायो छैटौँ विकेट, भीम शून्य रनमा आउट

काठमाडौं । आईसीसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा नेपालले ६ विकेट गुमाएको छ।

दीपेन्द्रसिंह ऐरी १ रनमा रनआउट भएका छन्। डि लीडको बलमा रोहितले हानेको प्रहार नेदरल्यान्ड्सका लिडको खुट्टमा छोएर स्टपमा लागेपछि ऐरी दुर्भाग्यपूर्णरुपमा रनआउट हुन बाध्य भए।

त्यतिबेला ऐरीले क्रिज छाडेका थिए। दुई ओभरपछि भीम सार्की लीडबाटै शून्यमा बोल्ड भए। त्यतिबेला नेपालले २९.३ ओभरमा ६ विकेट गुमाउँदा ९४ रन जोडेको थियो। नेपालका कप्तान रोहितकुमार पौडेलले १६ रन मात्र जोड्न सके।

आर्यन दत्तको बलमा क्याच हुनुअघि उनले ४० बलमा २ चौका हिर्काए। उनले कुशल भुर्तेलसँग चौथो विकेटका लागि ३३ रनको साझेदारी गरे। त्यसअघि कुशल मल्ल २ रनमा आर्यन दत्तको एलबिडब्लूको धरापमा परेपछि नेपालमाथि दबाब परेको थियो।

अनिल साह ७ रन बनाएर आउट भए। उनी भिभियन किंग्माको बलमा बोल्ड भए। अनिल र कुशल आउट हुँदाको बेलमा नेपालले चार रन मात्र जोड्न सक्यो। ओपनिङ ब्याटर आसिफ शेख १७ रन बनाएर आउट भए।

उनी पनि भिभियन किंग्माको बलमा डि लीडबाट क्याच भए। आउट हुनुअघि उनले २७ बलमा २ चौका र १ छक्का प्रहार गरे। उनले कुशल भुर्तेलसँग ४२ रनको ओपनिङ साझेदारी गरे।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077