Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

६६ रन बनाउँदै कुशल भुर्तेल क्याच आउट

काठमाडौं । आईसीसी विश्वकप लिग–२ प्रतियोगितामा नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालले आफ्नो सातौँ विकेट गुमाएको छ ।

नेपालले सातौँ ओपनर ब्याट्सम्यान कुशल भुर्तेललाई गुमाएको हो । कुशल भुर्तेलले पेभेलियन फर्किनुअघि ६६ रन बनाए ।

उनले ९३ बलको सामना गरी आठ चौका पनि हिर्काएका थिए । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा कुशल भुर्तेलले बनाएको यो आठौँ अर्धशतक पनि हो ।

कुशल भुर्तेललाई डच बलर रोल्फ भान डेर मर्वेले आफ्नो बलिङमा आफैले क्याच लिँदै पेभेलियन फर्काएका थिए ।

३६.३ ओभरमा कुशल भुर्तेल आउट हुँदा नेपालले एक सय २२ रन बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077