Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

हवाई माफियाहरुले नेपाली आकाश नै कब्जा गर्न खोजे : भीम आचार्य

काठमाडौं । नेकपा एमालेका नेता भीम आचार्यले हवाई माफियाहरुले नेपाली आकाश नै कब्जा गर्न खोजेको बताएका छन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै नेता आचार्यले यस्तो बताएका हुन् । उनले सरकारले पोखरा र भैरहवाको अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन रोकेर त्रिभुवन विमानस्थलको जिम्मा निजी क्षेत्रलाई दिन खोजेको आरोप लगाए।

उनले १५ फागुनमा मन्त्रिपरिषद बैठकले त्रिभुवन विमानस्थल सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिने नियतले अध्ययन समिति गठन गरेको बताए ।

सरकारी निर्णयमा पोखरा, भैरहवाको गौतमवुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनबारे पनि अध्ययन गर्ने भनिए पनि सरकारको उद्देश्य ती दुबै विमानस्थल नचलाउने र त्रिभुवन विमानस्थल निजी क्षेत्रलाई दिने रहेको नेता आचार्यको आरोप छ ।

नेता आचार्यले भने,‘दुईवटै विमानस्थल सञ्चालन रोकेर,त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई प्राइभेटलाई दिने नियत देखिन्छ । टीआईए पहिलेदेखि प्राइभेटले लिन हवाइ माफियाहरुले पहल गरिरहेका थिए ।’

त्रिभुवन विमानस्थलले वर्षमा साढे १२ अर्ब रुपैयाँ आम्दानी गर्ने र डेढ अर्ब मात्र खर्च हुने गरेको भन्दै पूर्वपर्यटनमन्त्रीसमेत रहेका आचार्यले ११ अर्ब रुपैयाँ निजी कम्पनीलाई दिन खोजेको आरोप लगाए ।

सरकारले रुटको कारण देखाए पनि पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न नै नचाहेको उनको भनाइ छ । भारतले भैरहवा रुट नदिए पनि सिमरा, काकडभिट्टा र हिमालयमाथिको रुटबाट पनि ती विमानस्थल सञ्चालन गर्न सकिने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077