Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

तीन मन्त्रीको राजीनामा नआएसम्म सदनमा विरोध कायमै रहन्छ : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विभिन्न प्रकरणमा मुछिएका मन्त्रीहरुले राजीनामा दिनु राम्रो हुने बताएका छन् ।

संसद भवन नयाँ बानेश्वरमा बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

एमालेले बालकुमारी प्रकरणमा भौतिक पूर्वाधार एवम् यातायात मन्त्री प्रकाश ज्वाला, टेलिकम्युनिकेशन ट्राफिक मनिटर एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामस्क) प्रकरणमा स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बस्नेत र रामग्राम प्रकरणमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीको राजीनामा माग गर्दै आएको छ।

अध्यक्ष ओलीले राजीनामा नआएसम्म सदनमा विरोध कायमै रहने जिकिर गरे।

समाजवादी मोर्चामा सहभागी हुन बोलाइरहेको छ नि भन्ने पत्रकारको प्रश्नमा ओलीले समाजवादी मोर्चाबारे थाहा नभएको प्रतिक्रिया दिए।

विपक्षी सांसदहरुले सरकारसँग जवाफ माग गरेपनि प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले संसद बैठकलाई छल्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077