Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • जुवा खेलेको आरोपमा काठमाडौंबाट १० जना पक्राउ

    जुवा खेलेको आरोपमा काठमाडौंबाट १० जना पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, १४ फाल्गुन २०८०
  • 705
    SHARES

    फाइल तस्विर

    काठमाडौं । जुवा खेलेको आरोपमा काठमाडौंबाट प्रहरीले १० जनालाई पक्राउ गरेको छ।

    काठमाडौं महानगरपालिका वडा नम्बर-४ स्थित एक घरबाट प्रहरीले जुवा खेलिरहेका १० जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।



    घरको फ्ल्याटमा जुवा खेलिरहेको भन्ने सूचना प्रहरीले पाएको थियो।



    उक्त सूचनापछि प्रहरी वृत्त महाराजगञ्जको टोलीले फ्ल्याट भाडामा लिने व्यक्तिसहित १० जनालाई पक्राउ गरेको हो।

    फ्ल्याट धरानकी ४३ वर्षीया विनिता गिरीले भाडामा लिएकी थिइन्।

    पक्राउ परेकाहरूबाट प्रहरीले ८ बुक तास र एक लाख ४७ हजार रुपैयाँ बरामद गरेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार