Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बहुमत केन्द्रीय सदस्यले गरे एन्फाको साधारण सभा बहिष्कार

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को वार्षिक साधारणसभाको बन्द शत्र सुरू हुनअघि विवाद भएको छ।

एन्फाका वरिष्ठ उपाध्यक्षसहित ९ केन्द्रीय सदस्यले साधारण सभा बहिस्कार गरेका छन् । एन्फाको साधारणसभा शंमखुलस्थित एक बैंक्वेटमा चलिरहेको छ ।

तर केन्द्रीय कार्यसमितिमा छलफल नै भएका विषयलाई साधारण सभाको एजेन्डामा राखेको भन्दै वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कासहित १० जनाले साधारणसभा बहिस्कार गरेका हुन् ।

साधारणसभाको एजेण्डा तय गर्न फागुन ३ देखि ६ गतेसम्म केन्द्रीय कार्यसमितिको बैठक बसेको थियो ।

लेखा प्रतिवेदन, आर्थिक नियमावली र आर्थिक कार्यविधि संशोधन प्रस्तावबारे छलफल भएपनि प्रस्तावित विषयमा बहुमत सदस्यको असहमति थियो ।

तर महासचिवले उपस्थितिको हस्ताक्षर दुरुपयोग गरी निर्णय भएको भनेको ९ जनाको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077