Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • सेयर बजारमा ९ अंकको सुधार, १ अर्ब ८६ करोडको कारोबार

    सेयर बजारमा ९ अंकको सुधार, १ अर्ब ८६ करोडको कारोबार

    अनलाइन नेपाल
  • मंगलबार, १५ फाल्गुन २०८०
  • 354
    SHARES

    काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार परिसूचक नेप्से एकल अंकले बढेको छ।

    नेप्से परिसूचक ९.३४ अंकले बढेर २००१.६४ विन्दुमा कायम भएको हो । कारोबार रकम भने घटेको छ ।



    अघिल्लो दिन २ अर्ब १ करोडको कारोबार भएकोमा आज १ अर्ब ८६ करोडमा खुम्चियो । कुल १४३ कम्पनीको मूल्य बढ्दा ८९ को घट्यो भने १६ को स्थिर रह्यो ।



    उत्पादन समूह सबैभन्दा धेरै ३.५ प्रतिशत बढ्यो । घटेका समूहको गिरावट दर ०.३ प्रतिशतमुनि नै रह्यो । बैंकिङ ५, विकास बैंक ५, हाइड्रोपावर ११, उत्पादन २१७, माइक्रोफाइनान्स १२, निर्जीवन बीमा ७७ र ब्यापार समूह २९ अंक बढे ।

    अन्य ०.९, जीवन बीमा ८, होटल तथा पर्यटन २.८ र फाइनान्स समूह ५ अंक घटे । बोटलर्स नेपाल बालाजु र बीपीडब्लू लघुवित्तको मूल्य सबैभन्दा धेरै १० प्रतिशत बढ्यो ।

    सामलिङ पावरको ९.२, बोटलर्स नेपाल तराईको ८.७, गुराँस लघुवित्तको ८, धौलागिरि लघुवित्तको ७.९, हिमालयन पावर पार्टनरको ६.३ तथा हिमालयन हाइड्रोपावरको ६ प्रतिशत मूल्य बढ्यो ।

    चिरख्वा हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ५ प्रतिशत घट्यो । कालिन्चोक दर्शनको ४.३, मोलुङ हाइड्रोपावरको ३.५ र खानीखोला हाइड्रोपावरको ३.१ प्रतिशत मूल्य घट्यो ।

    कारोबार रकमका आधारमा सोनापुर सिमेन्ट, शिवम् सिमेन्ट, हिमालयन रिइन्स्योरेन्स, घोराही सिमेन्ट, हिमालयन डिस्टिलरी क्रमशः अगाडि रहे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार