Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • वाफ वुमन्स च्याम्पियनसिप : साम्बाले फाइनल नखेल्ने

    वाफ वुमन्स च्याम्पियनसिप : साम्बाले फाइनल नखेल्ने

    अनलाइन नेपाल
  • बुधबार, १६ फाल्गुन २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । नेपाली महिला राष्ट्रिय फुटबल टिमकी स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा ले वाफ महिला च्याम्पियनसिपको फाइनल खेल गुमाउने भएकी छन्।

    फ्रान्स क्लबमा आवद्ध रहेकी साम्बाले साउदी अरबमा जारी वाफ महिला च्याम्पियनसिपको फाइनलमा जोर्डनविरुद्ध बिहिवार राति हुने खेल गुमाउने भएकी हुन् ।



    क्लबसँगको सम्झौताअनुसार खेलाडीलाई फिफा विन्डो मितिहरूमा आयोजित प्रतियोगिता र टूर्नामेंटहरूमा आफ्नो देशको प्रतिनिधित्व गर्न अनुमति दिन्छ ।



    फिफाले फेब्रुअरी १९ देखि २८ तारिखलाई महिलातर्फ फिफा विन्डो तोकेको थियो । तर, फेब्रुअरी द्दढ मा हुने फाइनल फिफा विन्डो भित्र नपर्ने हुँदा साम्बाले फाइनल खेल गुमाउने छिन् ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार