Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एमालेले सरकारलाई भन्यो - लघुवित्त पीडितहरूलाई बिना सर्त रिहाई गर्नू

काठमाडौं । नेकपा एमालेले संसद् भवन प्रवेश गरेर आन्दोलन गर्ने मिटरव्याज-लघुवित्त पीडितहरूलाई बिना सर्त रिहाई गर्न सरकारसँग माग गरेको छ।

बुधबार एमाले संसदीय दलले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग छलफल गर्दै यस्तो माग गरेको हो ।

सरकारको सुरक्षाकमजोरीका कारण मिटरव्याज-लघुवित्त पीडितहरू संसद भवन प्रवेश गरको भन्दै उनीहरूलाई बिना सर्त रिहाई गर्दै मुद्दा नचलाउन माग गरेको हो।

४८ जना महिला र एक जना पुरुष आन्दोलनकारीलाई प्रहरीले पक्राउ गरी मुद्दा चलाउने तयारी गरेको छ । त्यस्तै एमालेले सुरक्षा कमजोरी गर्नेलाई कारबाही गर्न माग गरेको छ भने मिटरव्याज-लघुवित्त पीडितको माग सम्बोधन गर्ने सुनिश्चितता गर्नसमेत माग गरिएको एमाले सचेतक महेश बर्तौलाले जानकारी दिए।

जवाफमा गृहमन्त्रीले मिटरव्याज-लघुवित्त पीडितहरूको बिना सर्त रिहाई र मुद्दा नचलाउने गरी सहजीकरण गर्ने र मिटरव्याज(लघुवित्त पिडितको माग सम्बोधन हुनेगरी वार्तामा भूमिका निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

लघुवित्त पीडितहरूको एक समूह आन्दोलनका क्रममा सुरक्षाकर्मीलाई धकेल्दै संसद् भवन परिसरमा छिरेर नाराबाजी गरेपछि पक्राउ परेका थिए।

उनीहरू सबैविरुद्ध शान्ति सुरक्षा भंग गरेको आरोपमा मुद्दा चलाउने गरी जिल्ला प्रशासन कार्यालय काठमाडौंले ७ दिनको म्याद दिइसकेको छ ।

त्यस्तै बानेश्वर र सिंहदरबार वरिपरि सर्वसाधारणलाई हिंड्नसमेत रोक लगाएर तारवार लगाएको भन्दै यस्तो काम बन्द गर्न पनि एमालेले भनेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077