Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रुसी राष्ट्रपति पुटिनको चेतावनी - युक्रेनमा पश्चिमाले सेना पठाए मानव सभ्यता विनाश हुन्छ

एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमी टीकाटिप्पणीले ‘आणविक हतियारको प्रयोगसहितको युद्ध र फलस्वरूप (मानव) सभ्यताको विनाश' हुने चेतावनी दिएका छन् ।

सन् २०२४ को रुसी राष्ट्रपतीय निर्वाचनको दुई साताअघि राष्ट्रका नाममा वार्षिक सम्बोधन गर्दै पुटिनले यस्तो धम्की दिएका हुन् ।

उनले पश्चिमा मुलुकहरूलाई युक्रेनमा सेना नपठाउन आग्रह गरे । पुटिनले युक्रेनमा पश्चिमी सेना तैनाथ गरिए परिणाम निकै ‘दुःखद’ हुने चेतावनी दिए ।

यसै साता फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोनले युक्रेनमा पश्चिमी सेना पठाउन सकिने किसिमको टिप्पणी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077