Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रुसी राष्ट्रपति पुटिनको चेतावनी - युक्रेनसँगको युद्धमा आणविक हतियार प्रयोग गर्छु

एजेन्सी । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन युद्धमा परमाणु (आणविक) हतियार प्रयोग गर्ने चेतावनी दिएका छन् ।

रुस युक्रेन युद्ध भएको दुई वर्ष पूरा भएको सन्दर्भमा बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्दै राष्ट्रपति पुटिनले यस्तो चेतावनी दिएका हुन् ।

उनले युक्रेनलाई पश्चिमा देशहरूले सघाएको भन्दा कडा आलोचना गरे ।

साथै उनले पश्चिमा देशहरूले युक्रेनलाई साथ दिइरहेमा रुस पनि आणविक हतियार प्रयोग गर्न बाध्य हुने पनि चेतावनी दिए ।

उनले आणविक हतियार प्रयोग गर्दा हुने नोक्सानीको जिम्मेवारी रुस नहुने पनि कडा शब्दमा चेतावनी दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077