Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

संसदमै नभएका व्यक्तिहरू प्रधानमन्त्री बन्छु भन्दै हिँडेका छन् : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा एकसिट पनि नभएका व्यक्तिहरू प्रधानमन्त्री बन्छु भन्दै हिँड्ने गरेको बताएका छन्।

काठमाडौंमा नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघको सातौँ राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

अध्यक्ष ओलीले भने,‘सरकारमा हुँदा होस् वा नहुँदा होस् नेपालको अहिलेको राजनीतिक परिस्थितिमा को सरकारमा हुन्छ को हुँदैन भन्न सकिँने अवस्था छैन । यहाँ संसदमा पनि नभएको पार्टी पनि नभएको एउटा सिट पनि नभएको मान्छे असार १५ गते प्रधानमन्त्री हुन्छु भनेर पनि हिँडेको छ । संविधानमा कुनै त्यस्तो व्यवस्था छैन । कानूनमा व्यवस्था छैन । के सपना देख्छ कुन मान्छेले भन्न सकिँदैन । राष्ट्रिय मान्यता प्राप्त नभएका दलका व्यक्ति प्रधानमन्त्री हुन्छन् भने आफू किन नहुँने भन्ने पर्दो हो कि ? त्यस्तै लाग्छ । तर, एमाले त्यस्ताभित्र पर्ने होइन ।’

उनले एमाले एउटा इतिहास र जिम्मेवारी बोकेको आफ्नो देश बनाउने भिजन कार्यान्वयन गराउन सक्ने पार्टी भएको जिकिर गरे ।

ओलीले राष्ट्रिय मान्यता प्राप्त नगरेका दलबाट प्रधानमन्त्री हुन्छन् भने आफू पनि असार १५ गते प्रधानमन्त्री बन्छु भन्दै एकसिट पनि नभएका व्यक्तिहरु हिँड्ने गरेको बताए।

अहिलेको परिस्थितिमा को सरकारमा हुन्छ को हुँदैन भन्न नसक्ने अवस्था रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077