Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

विकास र समृद्धिका लागि एमालेको विकल्प छैन : महासचिव पोखरेल

महोत्तरी । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले देशको विकास र समृद्धिका लागि एमाले नेतृत्वको सरकारको विकल्प नरहेको बताएका छन्।

महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरस्थित एमाले पार्टी कार्यालयमा बोल्दै महासचिव पोखरेलले यस्तो बताएका हुन् ।

महासचिव पोखरेलले वर्तमान सरकारको कार्यकालमा देशमा विकासको काम ठप्प भएर विकास र समृद्धिको यात्रा रोकिएको र जनतामा निराशा छाएको आरोप लगाए ।

महासचिव पोखरेलले नेपाली जनतामा छाएको निराशा, भ्रष्टाचारबाट मुक्ति र देशको विकास र समृद्धिका लागि देशमा बलियो राष्ट्रिय शक्तिको आवश्यकता रहेको उल्लेख गर्दै सोही कारण एमालले मिसन २०८४ ल्याएको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077