Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सालिन मृत्युको घटनाले बेचैन बनायो, सबैले अनुसन्धानमा सहयोग गरौँ : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चितवनको शिशु निकेतन स्कुलको छात्रावासमा सालिन पोखरेलको शव झुन्डिएको अवस्थामा फेला परेको घटनाले बेचैन बनाएको टिप्पणी गरेका छन् ।

शनिबार सामाजिक सञ्जालमार्फत पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले यस्तो टिप्पणी गरेका हुन् ।

उनले प्रहरीले घटनाको गहिरो अनुसन्धान गर्नुपर्नेमा जोड दिए । हत्या वा आत्महत्या के हो भन्नेबारे विश्वसनीय तथ्य प्रस्तुत गर्नुपर्ने उनले उल्लेख गरेका छन् ।

घटनाको अनुसन्धानमा सहयोग गर्न अध्यक्ष ओलीले सबैलाई आग्रह समेत गरेका छन् ।

“चितवनको शिशु निकेतन स्कुलको छात्रावासमा बालिका सालिन पोखरेलको शव झुन्डिएको अवस्थामा फेला परेको घटनाले बेचैन बनाएको छ । यस्तो संवेदनशील घटनामा राज्यको निकाय प्रहरीले गहिरो अनुसन्धान गरोस् । परिवार र आफन्त अत्यन्त पीडित छन् । यस्ता घटनालाई अनुसन्धान गर्ने निकायभन्दा बाहिरबाट हुने हल्ला र अफवाहले असहयोग पुगिरहेको हुन्छ । हत्या वा आत्महत्या के हो, गहिरो र विश्वसनीय अनुसन्धान गरेर बाहिर ल्याइयोस् । सबैले अनुसन्धानलाई सहयोग गरौँ,” उनले फेसबुकमा लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077