Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • बूढानीलकण्ठमा आफ्ना आठजना मन्त्रीलाई बोलाएर सभापति देउवाले के भने ?

    बूढानीलकण्ठमा आफ्ना आठजना मन्त्रीलाई बोलाएर सभापति देउवाले के भने ?

    अनलाइन नेपाल
  • आइतबार, २० फाल्गुन २०८०
  • 2.5K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका मन्त्रीहरूसँग छलफल गरेका छन् । आइतवार साँझ देउवाले आफ्नै निवास बूढानीलकण्ठ पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूलाई बोलाएर छलफल गरेका हुन् ।

    आइतबार दिउँसो साढे ३ देखि साँझ साढे ६ बजेसम्म चलेको बैठकमा आठजना मन्त्री सहभागी थिए । नेताहरू कृष्ण सिटौला र रमेश लेखक पनि बैठकमा थिए ।



    छलफलमा सभापति देउवाले राष्ट्रियसभा अध्यक्षमा माओवादीले दाबी गरिरहेको जानकारी गराएको बताइएको छ । कांग्रेसले राष्ट्रियसभा अध्यक्ष गुमाए गठबन्धनमै असर पर्न सक्ने अवस्था रहेको पनि छलफलमा कुरा उठेको बताइएको छ ।



    यस विषयमा थप छलफलका लागि भोलि बिहान गठबन्धनको बैठक बोलाइएको छ । टीआरसी विधेयकदेखि गठबन्धनको अवस्था, विकसित हुँदै गएको राजनीतिक घटनाक्रमलाई लिएर पार्टी सभापति देउवाले मन्त्रीहरूलाई बोलाएर छलफल गरेका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार