Online Nepal
  • आइतबार, १३ जेष्ठ २०८१
  • कांग्रेस सभापति देउवाले बोलाए कार्यसम्पादन समितिको बैठक

    कांग्रेस सभापति देउवाले बोलाए कार्यसम्पादन समितिको बैठक

    अनलाइन नेपाल
  • सोमबार, २१ फाल्गुन २०८०
  • 549
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कार्यसम्पादन समितिको बैठक बोलाएका छन्।

    मंगलबार दिउँसो तीन बजे सभापति देउवा निवास बूढानीलकण्ठ बस्ने गरी बैठक बोलाइएको हो ।



    पछिल्लो विकसित घटनाक्रम बारे छलफल गर्न कार्यसम्पादन समितिको बैठक बोलाइएको बताईएको छ ।



    कार्यसम्पादन समिति ४६ जनाको हुने व्यवस्था भएपनि देउवाले ३७ जनाको बनाएका छन् ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजबाट नयाँ गठबन्धन बनाएपछि कांग्रेस सहितको गठबन्धन टुटेको छ ।

    नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी लगायतका दल नयाँ गठबन्धनमा सहभागी हुने भएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार