Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

लागूऔषधसहित वीरगन्जबाट दुई भारतीय महिला पक्राउ

वीरगन्ज । प्रहरीले लागूऔषधसहित वीरगन्जबाट दुई जना महिलालाई पक्राउ गरेको छ।

भारतको रक्सौलबाट लागुऔषध लिएर वीरगन्ज आउँदै गरेका दुई भारतीय महिलालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारत बिहारको जिल्ला पूर्वी चम्पारणको रामगढवा घर भएकी ४३ वर्षीया रुकसाना खातुन र त्यही ठाउँकी २० वर्षीया अपसना खातुन रहेका छन् ।

रक्सौलबाट पैदल आइरहेका दुवै महिलालाई रजतजयन्ति चोकमा रोकेर चेकजाँच गर्दा रुकसानाको साथबाट बुप्रेनोर्फिन १४४ एम्पुल,डाइजेपाम १४९ एम्पुल र फेनरागन १३१ एम्पुल तथा अपसानाको साथबाट बुप्रेनोर्फिन१४८ एम्पुल, डाइजेपाम १४७ एम्पुल, फेनरागन १४७ एम्पुल बरामद भएको पर्सा प्रहरीले जनाएको छ ।

दुवै महिलाको साथबाट गरी ८७८ एम्पुल लागुऔषध बरामद भएकोहो। दुवैजनालाई प्रहरीको हिरासतमा राखेर लागुऔषध कसूरसम्बन्धी मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077