Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एकीकृत समाजवादी सत्ता गठबन्धनमा सहभागी हुन 'सकारात्मक'

काठमाडौं । काठमाडौं । नेकपा (एकीकृत समाजवादी) सत्ता गठबन्धनमा सहभागी हुन सकारात्मक भएको छ ।

मंगलवार राति नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल निवासमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसहितको बैठकका क्रममा सत्ता गठबन्धनमा सहभागी हुन सकारात्मक देखिएको बताइएको हो ।

मंगलबार राति नेपाल नेवास कोटेश्वरमा भएको भेटवार्तापछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवलाई सत्ता गठबन्धनमा ल्याउनेबारे सकारात्मक छलफल बताए ।

भेटमा देशको परिस्थितिबारे छलफल भएको उनको भनाई छ । साथै उनले आफू माधवको स्वास्थ्य अवस्था बुझ्न आएको जानकारी दिए ।

माधव रुघाखोकी लागेपछि केही दिनदेखि घरमै आराम गरिरहेका छन् । मंगलबार रातिको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड', एमाले नेता विष्णु पौडेल, महासचिव शंकर पोखरेल पनि सहभागी थिए ।

यस्तै बाँकी छलफल भोलि हुने बताइएको छ । सत्ता गठवन्धनमा माधव नेपाल विना बहुमत नपुग्ने देखिनुका साथै प्रदेशहरुमा पनि समस्या हुने देखेपछि उनीहरु फकाउन कोटेश्वर पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077