Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • एकीकृत समाजवादीबाट जोशी र बुढा मन्त्री बन्ने

    एकीकृत समाजवादीबाट जोशी र बुढा मन्त्री बन्ने

    अनलाइन नेपाल
  • बुधबार, २३ फाल्गुन २०८०
  • 1K
    SHARES

    काठमाडौं । नेकपा एकीकृत समाजवादीले पनि सरकारमा सहभागी हुने दुई मन्त्रीको नाम पठाएको छ।

    समाजवादीले भानुभक्त जोशीलाई संघीय मामिला तथा सामान्य प्रशासन र धनबहादुर बुढालाई सहरी विकास मन्त्रालयमा पठाएको हो ।



    उनीहरूलाई पनि आजै साँझ शपथ गराइने छ । यसअघि पार्टीको सचिवालय बैठकले प्रधानमन्त्रीसँग थप छलफलपछि सरकारमा सहभागिताबारे निर्णय लिएको थियो।



    लगत्तै बालुवाटार पुगेका अध्यक्ष माधव कुमार नेपाल, उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भुसालले छलफलपछि मन्त्री बन्ने नेताहरूको नाम बुझाएका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार