Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • प्रचण्डलक्षित कांग्रेस सांसद खतिवडाको व्यंग्य – काँध मात्र होइन, खुट्टा पनि फेरिरहनुस्

    प्रचण्डलक्षित कांग्रेस सांसद खतिवडाको व्यंग्य – काँध मात्र होइन, खुट्टा पनि फेरिरहनुस्

    अनलाइन नेपाल
  • बिहिबार, २४ फाल्गुन २०८०
  • 354
    SHARES

    काठमाडौं । नेपाली कांग्रेस सांसदहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेससँगको गठबन्धन भत्काएर एमालेसँग नयाँ समीकरण बनाएकोमा कटाक्ष गरेका छन् ।

    बिहीवार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै कांग्रेस सांसद रामहरि खतिवडाले प्रधानमन्त्री प्रचण्डले राजनीतिक चरित्र नदेखाएको आरोप लगाएका हुन् ।



    सांसद खतिवडाले भने, ‘हराएको प्रधानमन्त्री भेटेकोमा बधाई छ । सरकारलाई जनताले पनि भेटोस्, सहकारी पीडितले न्याय पाउन्, सरकारी ठगीले कारबाही पाओस् । उपप्रधानमन्त्रीको लस्करले पहिलो लाइन भरिएको छ । अझ तलसम्म पुगोस् । काँध फोर्ने होइन, खुट्टा पनि फेरिरहनुहोस ।’



    सांसद खतिवडाले प्रचण्डलाई काँध मात्र नभइ खुट्टा पनि फेरिरहन शुभकामना दिए ।

    सांसद खतिवडाले प्रचण्डले एउटा दलसँग इन्गेजमेन्ट गरेर अर्कै दलसँग विवाह गरेको आरोप लगाए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार