काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सचिवालय बैठक बोलाएका छन् ।
उनले केन्द्रीय कार्यालय च्यासलमा शुक्रबार बिहान ९ बजे बैठक बोलाएका हुन् ।
बैठकमा फेरिएको राजनीतिक कोर्स, पार्टीको नियमित गतिविधि र पूर्वनिर्धारित कार्यक्रमहरुबारे छलफल गरिने बताइएको छ ।
गठबन्धन फेरिएर एमाले सरकारमा सहभागी भएपछि बैठक बस्न लागेको हो ।