Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एमाले सचिवालय बैठक आज बस्दै, यी हुन् एजेण्डा

काठमाडौं । सत्तारूढ दल नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । पार्टी कार्यालय च्यासलमा बिहान ९ बजे बैठक बस्न लागेको हो ।

बैठकमा माओवादी केन्द्रसहितका दलको नयाँ गठबन्धन, सरकारमा पार्टीको सहभागिताबारे छलफल हुनेछ ।

त्यस्तै, एमालेले राष्ट्रिय प्रतिनिधि परिषद्को बैठक बोलाउने पनि तयारी गरेको छ । यसबारे पनि सचिवालय बैठकमा छलफल हुने बताइएको छ ।

एमालेको फागुन ८, ९ र १० गते सातौं केन्द्रीय कमिटीको बैठक बसेको थियो। केन्द्रीय सदस्यहरूले दिएका सुझावहरू समेटेर दस्तावेजलाई पूर्णता दिने विषयमा पनि सचिवालयल बैठकमा छलफल हुनेछ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077