Jun 17 2026 | २०८३, आषाढ ३ गते

17 Jun 2026 | बुधवार, आषाढ ३ गते २०८३

बुधवार, आषाढ ३ गते २०८३
images
images

माओवादी उपाध्यक्ष भुसालले भनिन् - नयाँ गठबन्धनमा विवादित मान्छे पनि छन्

काठमाडौं । नेकपा माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसालले वर्तमान गठबन्धनमा विवादित मान्छे पनि रहेको टिप्पणी गरेकी छन्।

अखिल नेपाल महिला संघले ११४ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा बोल्दै उपाध्यक्ष भुसालले यस्तो बताएकी हुन् ।

उपाध्यक्ष भुसालले भनिन्, ‘संयोगले एउटा नयाँ सहमति बन्यो र गठबन्धन भयो। त्यो पनि शुद्ध त छैन, अब जीवन, व्यवहारले पुष्टि गर्छ। केही मान्छे त विवादित छन् नि१ तर पनि हाम्रो संख्या पुग्दैन। गठबन्धन गरेर बहुमत पुर्‍याउनुपर्छ, यो बाध्यता हुन्छ। तर त्यहाँ पनि कुनै गल्ती, कमजोरी देखिएमा नछोप्ने, छुट नदिने प्रतिबद्धता गरेर नयाँ गठबन्धनको सरकार भएको छ।’

उपाध्यक्ष भुसालले वर्तमान सत्ता गठबन्धन शुद्ध नभएको बताइन्। उनले बहुमत पुर्‍याउनका लागि विवादित मान्छेसँग गठबन्धन गर्नुपरेको बताएकी छन्।

विवादित मान्छेमा कुनै कमजोरी देखिएमा छुट नदिने प्रतिबद्धता गरेर नयाँ गठबन्धन सरकार बनाइएको उपाध्यक्ष भुसालको भनाइ छ।

सत्ता गठबन्धनलाई विभिन्न विदेशीको कार्ड भनेर राष्ट्रिय, अन्तर्राष्ट्रिय रुपमा तरंगित गरिएको भन्दै उनले सो गठबन्धन यहीँका दल र नेताहरुले बनाएका बताइन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077