Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

इलाम-२ को उपनिर्वाचनमा उम्मेदवार बन्न सुहाङले दिए निवेदन

इलाम । इलाम क्षेत्र-२ को उपनिर्वाचनमा नेकपा एमालेको तर्फबाट उम्मेदवार बनाउन सुहाङ नेम्वाङले पार्टी कमिटीमा निवेदन दिएका छन्।

आगामी १५ वैशाखमा हुने उपनिर्वाचनमा नेकपा एमालेका तर्फबाट उम्मेदवार बन्न सुहाङले इलाम जिल्ला कमिटीमा निवेदन दिएका हुन्।

पूर्वसभामुख एवं संविधानसभाका अध्यक्ष सुवास नेम्वाङको निधन भएपछि इलाम–२ मा उपनिर्वाचन हुन लागेको छ ।

एमालेको इलाम जिल्ला कमिटीले उम्मेदवार चयन गर्न अध्ययन कार्यदल गठन गरेको छ ।

पार्टी उपाध्यक्ष उदयबहादुर राई नेतृत्वको कार्यदलले उम्मेदवारका आकांक्षीहरुसँग निवेदन मागेको थियो ।

संयोजक राईका अनुसार, अहिलेसम्म सुहाङसहित चार जनाले निवेदन दिएका छन् ।

उम्मेदवार बन्न सुहाङ, रवीन्द्र सुवेदी, बुद्धि खनाल र देवी क्षेत्री दुलालले निवेदन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077