Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

दुर्गा प्रसाईंको मुद्दामा सर्वोच्चको अग्राधिकार

काठमाडौँ । दुर्गा प्रसाईँको रिटलाई सर्वोच्च अदालतले अग्राधिकार दिएको छ ।

मेडिकल कलेज खोल्न आशयपत्र दिएर पनि सम्बन्धन नदिएको दाबीसहित व्यवसायी प्रसाईँले दायर गरेको रिटलाई सर्वोच्चले प्राथमिकतामा राख्न आदेश दिएको हो ।

न्यायाधीशहरू कुमार रेग्मी र विनोद शर्माको इजलासले रिट निवेदनको विषयवस्तुको गम्भीरता र संवेदनशीलता हेर्दा छुटो टुङ्ग्याउनुपर्ने प्रकृतिको देखिएको भन्दै अग्राधिकार दिने आदेश दिएको हो ।

सर्वोच्चले मेडिकल कलेजको सम्बन्धन जोडिएको यो रिटलाई अग्राधिकार दिएर ४ चैतमा पेशी तोक्न आदेश दिएको छ ।

प्रसाईले २१ असार, २०७७ मा काठमाडौं विश्वविद्यालय र चिकित्सा शिक्षा आयोग विरुद्ध रिट निवेदन दायर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077