Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • आज फागुन २८ गते सोमबार, यस्तो छ तपाईंको राशिफल

    आज फागुन २८ गते सोमबार, यस्तो छ तपाईंको राशिफल

    अनलाइन नेपाल
  • सोमबार, २८ फाल्गुन २०८०
  • 1.9K
    SHARES

    काठमाडौं । आज २०८० साल फागुन २८ गते सोमबारको राशिफल ।

    मेष



    साझेदारी काममा उल्झन आउनेछ । परिवारको खुसीका निम्ति केही खर्च हुनसक्छ । सामान हराउने वा चोरी हुने सम्भावना छ ।



    मिथुन

    नयाँ काममा हात हाल्ने र योजना बन्ने समय छ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । परिश्रम गर्दा अधिक धनार्जन हुनेछ ।

    सिंह

    आज कलहको योग भएकाले कसैसँग बोल्दा वा ठट्टा गर्दा सतर्कता अपनाउनुहोला । आर्थिक क्षेत्र र व्यवसाय कमजोर नै रहला ।

    तुला

    राजनैतिक कार्यमा सफलता मिल्नेछ । विद्या र बुद्धिको विकास हुनेछ । नयाँनयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । आर्थिक पक्ष सुदृढ बन्नेछ ।

    धनु

    आज प्रेममा मनमुटावका साथै मन कमजोर रहनेछ । स्वास्थ्य र सौन्दर्यतामा धन खर्च हुनेछ । मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ ।

    कुम्भ

    मित्रबाट विशेष सहयोग मिल्नेछ । घरायसी कामबाट सफलता मिल्नेछ । अध्ययनअध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ ।

    बृष

    आज सेवामूलक कार्यमा सफलता मिल्नेछ । बन्धु बान्धवबाट विशेष सहयोग मिल्नेछ । आफन्तसँग प्रविधि मार्फत भेटघाट हुनेछ ।

    कर्कट

    नजिकको व्यक्तिको सहयोगबाट कार्य पुरा हुनेछ । छोटो दूरीको लाभदायक यात्रा रहनेछ । व्यवसायिक क्षेत्र लाभप्रद रहनेछ ।

    कन्या

    आज आयआर्जन बढ्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ । स्वादिष्ट र मिष्ठान्न भोजनको अवसर पनि प्राप्त हुनसक्छ ।

    बृश्चिक

    मित्र वा आफन्तको सहयोगबाट मिल्नेछ । गरेका कामबाट राम्रै लाभ होला । प्राविधिक कार्य राम्रो हुन्छ । बौद्धिकताको विकास पनि हुनेछ ।

    मकर

    शुभकार्यको चर्चा चल्नेछ । आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । पढाइमा प्रगति हुनेछ ।

    मीन

    आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । नयाँ नयाँ क्षेत्रमा लगानीको अवसर मिल्नेछ । श्रमको पनि उचित मूल्याङ्कन हुनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार