Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • राष्ट्रिय सभामा अध्यक्ष निर्वाचन आज, दाहाल र शर्माबीच प्रतिस्पर्धा

    राष्ट्रिय सभामा अध्यक्ष निर्वाचन आज, दाहाल र शर्माबीच प्रतिस्पर्धा

    अनलाइन नेपाल
  • मंगलबार, २९ फाल्गुन २०८०
  • 564
    SHARES

    काठमाडौं । राष्ट्रियसभा अध्यक्षको निर्वाचन आज हुँदै छ । बिहान ११ः०९ बजे बस्ने बैठकमा अध्यक्ष चयन प्रक्रिया अघि बढाइने निर्वाचन कार्यतालिका छ ।

    निर्वाचन प्रक्रियाअन्तर्गत हिजो उम्मेदवारी दर्ता भएको थियो । सत्ता गठबन्धनको तर्फबाट नारायण दाहालले र नेपाली कांग्रेसकाट युवराज शर्माले उम्मेदवारी दर्ता गराएका छन् ।



    अध्यक्ष पदको निर्वाचनका सम्बन्धमा आनन्द प्रसाद ढुङ्गानाले युवराज शर्मालाई राष्ट्रियसभाको अध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव सभासमक्ष प्रस्तुत गर्नेछन् ।



    यस्तै गोपी बहादुर सार्की आछामीले नारायण प्रसाद दाहाललाई राष्ट्रियसभाको अध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव सभा समक्ष प्रस्तुत गर्नेछन् ।

    त्यसपछि सभाको अध्यक्षका गर्ने उपाध्यक्ष उर्मिला अर्यालले दुवै प्रस्तावहरूलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची तय गरिएको छ ।

    गठबन्धनबाट उम्मेदवार बनेका दाहाल राष्ट्रियसभा अध्यक्ष बन्ने पक्का जस्तै छ । दाहाल नातामा प्रधानमन्त्री प्रचण्डका भाइ हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार