Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • एकीकृत समाजवादीले राष्ट्रियसभा अध्यक्षका उम्मेदवार दाहाललाई मत दिने

    एकीकृत समाजवादीले राष्ट्रियसभा अध्यक्षका उम्मेदवार दाहाललाई मत दिने

    अनलाइन नेपाल
  • मंगलबार, २९ फाल्गुन २०८०
  • 234
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेकपा एकीकृत समाजवादीले राष्ट्रियसभा अध्यक्षका उम्मेदवार नारायण दाहाललाई मत दिने भएको छ।

    राष्ट्रियसभामा बोल्दै एकीकृत समाजवादीका नेता बेदुराम भुसालले अध्यक्षका उम्मेदवार दाहाललाई समर्थन गरी मतदान गर्न आग्रह गरेका हुन्।



    एकीकृत समाजवादीले अघि सारेका मागहरूमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लिखितरुपमा सहमति जनाएपछि मात्रै राष्ट्रिय सभा अध्यक्ष र विश्वासको मतमा सहयोग गर्ने जनाएको थियो।



    सोमबार बसेको पार्टीको संसदीय दलको बैठकले प्रधानमन्त्री प्रचण्डले लिखित रुपमा सहमति जनाएपछि मात्रै विश्वासको मत र राष्ट्रियसभा अध्यक्षमा सहयोग गर्ने निर्णय गरेको थियो।

    नेकपा एकीकृतले प्रधानमन्त्री प्रचण्डसँग अघिल्लो कांग्रेससहितको गठबन्धनमा भएको सहमतिअनुसार माधव नेपालले कम्तिमा एक वर्ष प्रधानमन्त्री बन्नुपर्ने र संघदेखि प्रदेश सरकारसम्म पावर सेयरिङमा लिखित प्रतिवद्धता जनाउनुपर्ने माग गरेको थियो।

    पार्टीका मागमा प्रधानमन्त्री दाहाल सहमत भएपछि नेकपा एस राष्ट्रियसभा अध्यक्ष र विश्वासको मत दिन तयार भएको हो। आज बिहान प्रधानमन्त्री दाहाल,नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा एसका अध्यक्ष नेपालबीच सहमति जुटेको हो।

    राष्ट्रियसभा अध्यक्षमा दुईजनाको उम्मेदवारी परेको छ। नयाँ गठबन्धनबाट माओवादी केन्द्रबाट दाहाल र नेपाली कांग्रेसबाट युवराज शर्माले उम्मेदवारी दिएका हुन् । एसले मत दिने भएपछि राष्ट्रिय सभा अध्यक्षमा दाहालको जित निश्चित भएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार