Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

एमाले संसदीय दलको बैठक बस्दै

काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ।

संसदीय दलको बैठक मंगलबार दिउँसो ३ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बोलाएको हो ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिनेबारे छलफल हुने बताईएको छ ।

प्रधानमन्त्री प्रचण्डले बुधबार विश्वासको मत लिँदैछन्।  प्रधानमन्त्री प्रचण्डलाई एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, एकीकृत समाजवादीको समर्थन छ।

सरकारको विपक्षमा नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टीलगायत दल छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077