Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • राष्ट्रियसभाको उपाध्यक्षमा एकीकृत समाजवादीको दाबी

    राष्ट्रियसभाको उपाध्यक्षमा एकीकृत समाजवादीको दाबी

    अनलाइन नेपाल
  • मंगलबार, २९ फाल्गुन २०८०
  • 516
    SHARES

    फाइल तस्विर

    काठमाडौं । राष्ट्रियसभाको उपाध्यक्ष पदमा नेकपा एकीकृत समाजवादीले दाबी गरेको छ ।

    समाजवादीले गठबन्धनमा सहकार्य बलियो बनाउन आफूलाई राष्ट्रिय सभा उपाध्यक्ष दाबी गरेको हो ।



    एकीकृत समाजवादीले राष्ट्रियसभा उपाध्यक्ष दाबी गरेको र अरु चार दल सकारात्मक भएको स्रोतले बतायो ।



    एकीकृत समाजवादी सरकारमा आउनुअघि एमालेले उपाध्यक्ष लिने सहमति भएको थियो ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाललाई जोडबलका साथ गठबन्धन सरकारमा सहभागी हुन सहमत गराएका थिए ।

    मंगलबार भएको निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवार नारायणप्रसाद दाहाल राष्ट्रिय सभा अध्यक्षमा विजयी भइसकेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार