Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • देशको बरबादी टुलुटुलु हेरेर बस्न नसकेपछि गठबन्धन फुटायौँ : केपी ओली

    देशको बरबादी टुलुटुलु हेरेर बस्न नसकेपछि गठबन्धन फुटायौँ : केपी ओली

    अनलाइन नेपाल
  • मंगलबार, २९ फाल्गुन २०८०
  • 387
    SHARES

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको बर्बादी रोक्न गठबन्धन फुटाएको बताएका छन् ।

    संसदीय दलको मंगलबार बसेको बैठकमा बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । अध्यक्ष ओलीले गठबन्धन भत्काएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले आशा बढाएको बताए ।



    समीकरण हामीलाई सरकारमा जान हतारोले नभई देशको बर्बादी टुलुटुलु हेरेर बस्न गाह्रो लागेर फुटाएको ओलीको भनाई छ । उनले पार्टीको भूमिका फेरिएपछि भन्दै नयाँ परिस्थितिपछि जिम्मेवारी बोध भएर अघि बढ्ने बताए ।



    सरकार परिवर्तन हुनेबित्तिकै मिटरब्याज पीडितहरूको सुनुवाइ भएको अध्यक्ष ओलीले दाबी गरे । उनले सरकार गतिहीन ढंगले चलेको, आर्थिक वृद्धिदर हासिल गर्न नसकेकाले परिवर्तन गर्नुपरेको बताए।

    त्यस्तै, अध्यक्ष ओलीले जनताले देख्ने र अनुभव गर्ने गरी काम गर्न पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूलाई निर्देशन दिए।

    अपारदर्शी र भ्रष्ट क्रियाकलापमा संलग्न नहुन पनि उनले मन्त्रीहरूलाई निर्देशन दिए । अध्यक्ष ओलीले अहिलेको परिस्थितिमा परिवर्तन ल्याउने गरी काम गर्न आग्रह गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार