Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • दिल खोलेर प्रचण्डलाई विश्वासको मत दिन एमाले अध्यक्ष ओलीको निर्देशन

    दिल खोलेर प्रचण्डलाई विश्वासको मत दिन एमाले अध्यक्ष ओलीको निर्देशन

    अनलाइन नेपाल
  • मंगलबार, २९ फाल्गुन २०८०
  • 408
    SHARES

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दिल खोलेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिन पार्टी सांसदहरुलाई निर्दशन दिएका छन् ।

    पार्टी संसदीय दलको मंगलबार बसेको बैठकमा बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । अध्यक्ष ओलीले प्रधानमन्त्रीले अहिले राम्रो काम गरेको बताए ।



    अध्यक्ष ओलीले भने,‘बेष्ट अप्सन हो कि होइन भन्ने छोडिदिऊँ। यतिबेला अर्को कुनै अप्सन छैन । कि त प्रचण्डको नेतृत्वमा यो समीकरण कायम रहन्छ कि त ७६(३) अनुसार कांग्रेसको नेतृत्वमा अल्पमतको सरकार बन्छ भोलि ।’



    यदि भोलि प्रधानमन्त्रीले विश्वासको मत नपाए देश दुर्घटनामा जाने उनले बताए । अल्पमतको सरकार अयोग्य, स्वाभिमानहीन भवितव्यले आइलागेको हुने उनको दाबी छ।

    उनले कुनै कुरा प्याट्ट बोल्न नराम्रो हुने भएकाले त्यस्ता कुरा देखे आन्तरिक छलफलमा ल्याउन सकिने बताए ।

    उनले भोलि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन पनि निर्देशन दिए ।

    विगतमा प्रधानमन्त्रीले नराम्रो काम गरेको भए पनि अनुचित गठबन्धन छाडेर सही कदम चालेको उनको भनाइ छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार