Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • सरकारलाई कांग्रेस सचेतक थिङको चेतावनी – अबको सदन सहजै चल्छ भन्ने नसोच्नुहोला

    सरकारलाई कांग्रेस सचेतक थिङको चेतावनी – अबको सदन सहजै चल्छ भन्ने नसोच्नुहोला

    अनलाइन नेपाल
  • बुधबार, ३० फाल्गुन २०८०
  • 330
    SHARES

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले तत्कालीन उपराष्ट्रपति नन्दकिशोर पुनको सचिवालय पनि सुन तस्करी जोडिएको विषयमा सरकारको ध्यानाकर्षण गराएको छ।

    प्रतिनिधिसभाको बैठकमा बोल्दै कांग्रेस सचेतक सुशील थिङले आफूहरूले उठाएको मागको जवाफ संसद् अवरोध गर्ने चेतावनी दिएकी हुन्।



    थिङले भनिन्, ‘तत्कालीन उपराष्ट्रपति नन्दकिशोर पुनको सचिवालय पनि सुन तस्करी प्रकरणमा जोडेर आएको छ। यो विषयमा निराकरण नभएसम्म अबको सदन सहजै चल्छ भन्ने नसोच्नुहोला।’



    कांग्रेस सचेतक थिङले सहकारी ठगी प्रकरणमा मुछिएका रवि लामिछानेलाई गृहमन्त्री बनाइएको भन्दै लामिछानेको योग्यतामा प्रश्न उठाइन् । प्रतिनिधिसभाको बैठक सुरु हुनासाथ नेपाली कांग्रेसका सांसदहरु आ–आफ्नो स्थानबाट उठेका थिए ।

    त्यसपछि सभामुख देवराज घिमिरेले नेपाली कांग्रेसका सचेतक सुशीला थिङलाई बोल्ने समय दिएका थिए । सत्ता गठबन्धन फेरबदल हुँदा प्रधानमन्त्री प्रचण्डले एमाले र रास्वपालाई समेत समेटेर मन्त्रीमण्डल गठन गरेका थिए ।

    प्रधानमन्त्री प्रचण्डले रास्वपा सभापति लामिछाने उपप्रधानमन्त्री एवम् गृहमन्त्री नियुक्त गरेका थिए । उथलपुथल ल्याउँछु भन्ने प्रधानमन्त्री प्रचण्डले सहकारी ठगीमा मुछिएका व्यक्तिलाई गृहमन्त्री नियुक्त गरेको भन्दै आलोचना गरिन् ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार