Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • विश्वासको मत माग्दै प्रधानमन्त्री प्रचण्डले भने – १५ महिनाका उतारचढावलाई उथलपुथल भनेको हुँ

    विश्वासको मत माग्दै प्रधानमन्त्री प्रचण्डले भने – १५ महिनाका उतारचढावलाई उथलपुथल भनेको हुँ

    अनलाइन नेपाल
  • बुधबार, ३० फाल्गुन २०८०
  • 276
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १५ महिनाका उतारचढावलाई उथलपुथल भनेको बताएका छन् ।

    बुधवार प्रतिनिधिसभामा प्रधामन्त्रीमथि विश्वासको मत माग्ने क्रममा बोल्दै प्रचण्डले यस्तो बताएका हुन्।



    प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभाको १५ महिनाको समयमा तीनपटक विश्वासको मत लिनुपर्ने अवस्थालाई इंगित गर्दै आफूलाई उथलपुथल भनेको प्रस्टीकरण दिए ।



    प्रधानमन्त्री प्रचण्डले भने,‘नयाँ राजनीतिक परिस्थिति बनेको र संसद्मा विश्वासको मत लिनका लागि उभिएको बेला एउटा शब्द उथलपुथलबारे कुरा उठिरहेको छ । तीनपटक विश्वासको मत लिनुपर्ने अवस्था सिर्जना हुनु आफैँमा उथलपुथल हो । मैले मात्र गरेको उथलपुथल होइन। पछिल्लो १५ महिनामा जे भोगिरहेका छौं, कसैकाप्रति व्यंग्यका रूपमा होइन, मैले घटनाक्रमलाई त्यसरी नै हेर्नुपर्छ भनेको थिएँ ।’

    कांग्रेससँगको गठबन्धन तोडेर एमालेसँग नयाँ समीकरण बनेको दिन फागुन २१ गते प्रचण्डले आफू बाँचुञ्जेल उथलपुथल ल्याउने बताएका थिए ।

    उनले आवश्यकता र आकस्मिकताको प्रक्रियाबाट नै राजनीतिक घटनाक्रम अघि बढेको बताए। गएको १४/१५ महिनामा संसदमा आफूहरूले उथलपुथल नै भोगिरहेकाले कसैप्रति इंकित गर्दै नभनेको प्रष्टीकरण दिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार