Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • मैले धोका दिएको आरोप कांग्रेसले लगाउन मिल्दैन : प्रधानमन्त्री प्रचण्ड

    मैले धोका दिएको आरोप कांग्रेसले लगाउन मिल्दैन : प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • बुधबार, ३० फाल्गुन २०८०
  • 315
    SHARES

    काठमाडौं । । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लोकतान्त्रिक प्रक्रियाबाटै समीकरण बदल्दा आफू विश्वासघाती र धोकेवाज कसरी भएँ भनेर प्रश्न गरेका छन् ।

    प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा विश्वासको मत सम्बन्धी प्रस्ताव पेस गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । उनले आफूलाई विश्वासघात गरेको आरोप लगाएको भन्दै कांग्रेसप्रति आपत्ति जनाए।



    उनले कांग्रेसले काम गर्नका लागि सहयोग नगरेको र आफ्नो अवमूल्यन गरेको उल्लेख गरे । उनले सम्बोधन गर्दै उनले बरु केपी केपीले यस्तो भन्न मिल्ने बताए ।



    प्रधानमन्त्री प्रचण्डले भने,’मैले राष्ट्रपति जिताउन कांग्रेसलाई सहयोग गरेँ मैले विश्वास गरेको हो । बरु माननीय केपी ओलीद्ये मलाई धोका दिएको आरोप लागउन मिल्छ किनभने मलाई प्रधानमन्त्री बनाउन उहाँले सहयोग गरेको हो । तर कांग्रेसले मिल्दैन ।’

    उनले कांग्रेसको मुख्यमन्त्री बनाउन कसले पहल गर्‍यो ? त्यसको हेक्का राख्न आग्रह गरे । कांग्रेसको उम्मेदवार जित्ने तर माओवादीको उम्मेदवार राष्ट्रिय चुनावमा हार्ने घटनाले नै अविश्वास सिर्जना भएको उनले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार