Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • देउवालाई केपी ओलीको भने – प्रतिपक्षमा बस्दैमा कुरा नचल्ने भन्ने हुँदैन

    देउवालाई केपी ओलीको भने – प्रतिपक्षमा बस्दैमा कुरा नचल्ने भन्ने हुँदैन

    अनलाइन नेपाल
  • बुधबार, ३० फाल्गुन २०८०
  • 366
    SHARES

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई सम्वादमा आउन आग्रह गरेका छन्।

    पछिल्लो तीन वर्ष आफूले पटक–पटक सम्वाद गरौं न भन्दा कांग्रेसले नमानेको अध्यक्ष ओलीले बताएका हुन् ।



    अध्यक्ष ओलीले भने, ‘वर्णाश्रम व्यवस्थामा के चल्दैन भनेको सुनेको थिएँ, कुरा चल्दैन भनेको चाहिँ नेपाली कांग्रेसबाट सुनियो । एमालेसँग कुरा चल्दैन । तीन तीन वर्षसम्म, पुराना मित्र हौ हामी । यो देशका समस्याबारे कुरा गरौं न भन्दा कुरे चल्दैन ।’



    संसदमा कुनै पनि दलको बहुमत नभएको र कांग्रेसको केही सिट बढी ल्याए पनि पपुलर भोटमा एमाले अगाडि रहेको अध्यक्ष ओलीको भनाई छ ।

    कांग्रेस सभापति देउवा हिजो सत्तापक्षमा रहेको र आज आफू रहेको बताए ।

    देशको समस्या समाधान गर्ने, संविधान कार्यान्वयन गर्ने जस्ता विषयमा सँगै काम गर्न सकिने अध्यक्ष ओलीले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार