Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • आज कञ्चनपुर जाँदै एमाले अध्यक्ष ओली

    आज कञ्चनपुर जाँदै एमाले अध्यक्ष ओली

    अनलाइन नेपाल
  • बिहिबार, १ चैत्र २०८०
  • 471
    SHARES

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज कञ्चनपुर जाँदै छन् ।

    नवौँ जिल्ला अधिवेशन उद्घाटन गर्न अध्यक्ष ओली बिहान पौने ९ बजे धनगढीतर्फ प्रस्थान गर्न लागेका हुन् ।



    भीमदत्त नगरपालिका–४ महेन्द्रनगरस्थित संविधानचोकमा दिउँसो १ बजे जिल्ला अधिवेशन उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।



    यस्तै उनले कञ्चनपुरका तीन ठाउँमा भवन उद्घाटन गर्ने कार्यक्रम छ । एमालेले आगामी जेठसम्ममा सबै जिल्लाका जिल्ला अधिवेशन गरिसक्नु पर्ने सर्कुलर जारी गरेको छ।

    जस अनुसार विभिन्न जिल्लामा अधिवेशनहरू भइरहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार