Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • गृहमन्त्रीको राजीनामा माग गर्दै प्रतिनिधिसभा बैठकमा कांग्रेसको अवरोध

    गृहमन्त्रीको राजीनामा माग गर्दै प्रतिनिधिसभा बैठकमा कांग्रेसको अवरोध

    अनलाइन नेपाल
  • शुक्रबार, २ चैत्र २०८०
  • 423
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसको अवरोधपछि प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ।

    सभामुख देवराज घिमिरेले १५ मिनेटपछि पुनस् बस्ने गरी बैठक स्थगित भएको जानकारी गराएका छन्।



    कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको जवाफ नआएसम्म उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई सदनमा विधेयक पेश गर्न नदिने अडान लिएको छ।



    सहकारी ठगी प्रकरणमा अनुसन्धान भइरहेका लामिछानेलाई गृहमन्त्री बनाएको भन्दै कांग्रेसले विरोध जनाइरहेको छ।

    आज गृहमन्त्री लामिछानेले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ। तर, त्यसमा कांग्रेसले अवरोध गरेको हो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार