Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रूसको राष्ट्रपतिमा भ्लादिमिरको जित पक्का, ८७ प्रतिशत भोट पुटिनको पक्षमा

एजेन्सी । रूसको राष्ट्रपतिमा पुनः भ्लादिमिर पुटिन निर्वाचित हुने पक्का भएको छ । तीन अन्य प्रतिस्पर्धीलाई पछि पार्दै पुटिनले जीत सुनिश्चित गरेका हुन् ।

जारी मतगणनाअनुसार ८७ प्रतिशत भोट पुटिनको पक्षमा भएको विश्वास गरिएको छ ।

रसियाले कब्जा गरेका युक्रेनका जापोरिज्जिया, खेरसन, डोनेस्क, लुहान्स्क र क्रिमियामा अझै मतदान भइरहेको छ ।

राष्ट्रपति भ्लादिमिर पुटिनले भने आफूमाथि विश्वास गरेकामा नागरिकलाई धन्यवाद दिदैं विजय उत्सव मनाउन शुरु गरिसकेका छन् ।

यो जितसँगै राष्ट्रपति पुटिनले पाँचौ कार्यकाललाई निरन्तरता दिएर सन् २०३० सम्म सत्तामा रहने छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077