Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

डडेल्धुरा पुगेर ओलीले भने - देउवा पैसा बाँडेर मात्रै चुनाव जित्छन्, जिल्लाका लागि केही गरेनन्

डडेल्धुरा । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवा डडेल्धुरामा पैसा बाँडेर चुनाव जित्ने गरेको आरोप लगाएका छन् ।

आज परशुराम नगरपालिकाको रंगमैदान जोगबुढामा एमाले डडेल्धुराको नवौँ जिल्ला अधिवेशन उद्घाटन गर्न पुगेका ओलीले यस्तो आरोप लगाएका हुन् । उनले देउवाले चुनावका बेला खुलेआम पैसा बाँड्ने गरेको आरोप लगाए ।

‘नेकपा एमाले यहाँ दुई कारणले हार्छ। एउटा शेरबहादुर जीले जित्ने तरिका उहाँ खुलेआम पैसा बाँड्नुहुन्छ। टेलिभिजनले खुलेआम देखाएको हुन्छ,’ उनले भने, ‘सक्ताको दुरुपयोग गरेको हुन्छ। त्योभन्दा बढी के भनम्।’

ओलीले डडेल्धुराको विकासको लागि अब एमालेले काम गर्ने बताए । देउवाले आफ्नै गाउँमा अस्पताल बनाउने घोषणासमेत कार्यान्वयन नगरेको ओलीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077