Online Nepal
  • शनिबार, १९ जेष्ठ २०८१
  • दावासँग कनेक्सन देखिएका तत्कालीन महानिर्देशक अधिकारीको मोबाइल रिपोर्ट गायब !

    दावासँग कनेक्सन देखिएका तत्कालीन महानिर्देशक अधिकारीको मोबाइल रिपोर्ट गायब !

    अनलाइन नेपाल
  • मंगलबार, ६ चैत्र २०८०
  • 984
    SHARES

    काठमाडौं । राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारी र साढे ६१ किलो सुन तस्करीका मुख्य योजनाकारमध्येका एक दावा बेल्जियम नागरिक दावा छिरिङबीचको गहिरो कनेक्सन पुष्टि हुने प्रमाणहरू गायब पारिएको छ ।

    प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को तत्कालीन नेतृत्वले अधिकारीको मोबाइल रिपोर्ट गोप्य राखेर अधिकारीलाई उन्मुक्ति दिने प्रयास गरेको थियो ।



    तत्कालीन समयमा सीआईबीले पूर्व न्यायाधीश डिल्लीराज आचार्यको नेतृत्वमा गठित उच्चस्तरीय जाँचुझ आयोगलाई समेत अधिकारीको मोबाइल रिपार्ट नदिएर असहयोग गरेको थियो ।



    अधिकारी राजस्व अनुसन्धान विभागमा भएकै समयमा सुन तस्कर दावा छिरिङसँग विच्याटमा लामो कुराकानी गर्ने गरेको र व्यावसायिक डिलिङसमेत गर्ने गरेको विवरण सार्वजनिक भएको थियो ।

    त्यतिबेला भने अधिकारी राजस्व अनुसन्धान विभागबाट सरुवा भएर गृह मन्त्रालयअन्तर्गतको अध्यागमन विभागको महानिर्देशकको रूपमा आइसक्नुभएको थियो। नेपाल समाचारपत्र दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार