Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • कांग्रेसले आज पनि संसद् अवरुद्ध पार्ने

    कांग्रेसले आज पनि संसद् अवरुद्ध पार्ने

    अनलाइन नेपाल
  • बुधबार, ७ चैत्र २०८०
  • 342
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसले बुधबार पनि प्रतिनिधिसभा बैठक अवरुद्ध पार्ने भएको छ ।

    सहकारी ठगीका विषयमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै आएको कांग्रेसले छानबिन समिति गठन नभएसम्म संसद् चल्न नदिने अडान लिएको हो।



    कांग्रेसले सहकारी ठगीमा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने स्वयम् आरोपित रहेको भन्दै त्यो आरोपबाट मुक्त नभएसम्म अनुसन्धान गर्ने निकायको प्रमुखका रुपमा कार्य गर्न नमिल्ने भनेको छ ।



    सहकारी ठगीका विषयमा संसदीय छानबिन समिति गठन नभएसम्म संसद् चल्न नदिने कांग्रेसले बताउदैँ आएको छ ।

    मंगलबारै प्रतिनिधिसभाको बैठकमा कांग्रेस प्रमुख सचेतक रमेश लेखकले सरकारले संसदीय छानबिन समिति गठन गरेर सहकारी ठगीका विषयमा छानबिन नथालेसम्म संसद् चल्न नदिने बताएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार