Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

विचार नमिल्नेहरु पार्टीबाट बाहिरिँदा सहज भएको छ : महन्थ ठाकुर

जनकपुर । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले विचार नमिल्नेहरु पार्टीबाट बाहिरिँदा सहज महसुस भएको बताएका छन्।

पार्टीको केन्द्रीय कार्यसमिति बैठकका निर्णयहरु सार्वजनिक गर्न जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष ठाकुरले यस्तो बताएका हुन् ।

उनले अहिलेको विभाजनले पार्टीलाई कुनै असर नपरेको दाबी गरे । लोसपाबाट वरिष्ठ नेता राजेन्द्र महत्तो र अनिल झासहितका नेताहरुले हालै लोसपा परित्याग गरेका छन् ।

अध्यक्ष ठाकुरले भने वरिष्ठ नेता महत्तोले पार्टी छोडेर कुनै असर नपर्ने दाबी गरे ।

अध्यक्ष ठाकुरले पार्टी केन्द्रीय सत्ता गठबन्धनबाट बाहिरिएपनि मधेशमा भने सरकारमा सहभागी हुनुपर्ने अवस्था रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077