Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • आज चैत ९ गते शुक्रवार, यस्तो छ तपाईंको राशिफल

    आज चैत ९ गते शुक्रवार, यस्तो छ तपाईंको राशिफल

    अनलाइन नेपाल
  • शुक्रबार, ९ चैत्र २०८०
  • 2.1K
    SHARES

    काठमाडौं । आज २०८० साल चैत ९ गते शुक्रवारको राशिफल ।

    मेष : दिन राम्रो छ। धार्मिक कार्यमा मन जानेछ। लगानीका क्षेत्रमा फाइदा हुनेछ। शिक्षामा सफलता प्राप्त होला। सामाजिक क्षेत्रमा सम्मान मिल्नेछ। परिवारमा खुशी मिल्ने दिन छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। जागिरमा बढुवा हुने योग छ।



    वृष : समय राम्रो छ। साथी र बन्धुको साथ मिल्नेछ। ठुलो काममा लगानी गर्नुपर्ने दिन छ। शिक्षामा सफलता मिल्नेछ। सामाजिक क्षेत्रमा सम्मान प्राप्त हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।



    मिथुन : दिन राम्रो छ। धन परोपकारमा खर्च गर्ने अवसर मिल्नेछ। व्यापारमा फाइदा हुनेछ। स्वदेशमा भन्दा विदेशमा गरेको लगानी राम्रो हुनेछ। परिवारले साथ दिनेछन्। शिक्षा र राजनीतिको क्षेत्रमा भने सचेत भएर लाग्नुपर्ने दिन छ।

    कर्कट : समय राम्रो छ। धनलक्ष्मी योग परेको छ। काम गर्दा हल्ला कम गर्नु राम्रो होला। लगानीका क्षेत्र भने अब्बल छन्। यात्रामा जोखिम छ। पश्चिमको यात्रा गर्दै नगर्नु राम्रो हुन्छ। परिवारमा विश्वासको अभाव देखिन्छ।

    सिंह : दिन राम्रो छ। शिक्षा क्षेत्रको लगानीमा फाइदा हुनेछ। स्वास्थ्यमा सुधारका संकेत देखिने छन्। परिवारमा भने विश्वासको संकट हुनसक्छ। भगवानको नाम लिएर कामको सुरुवात गर्नुपर्ने दिन छ।

    कन्या : दैनिकी राम्रो छ। हरेक क्षेत्र अब्बल छन्। शिक्षामा फाइदा हुनेछ। सामाजिक क्षेत्रमा प्रशंसा हुनेछ। गुरुबाट हुने सहयोग उपलब्ध नहुने जोखिम देखिन्छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

    तुला : समय राम्रो छ। तपाईंको बोलीमा धेरै मानिस प्रभावित हुनेछन्। लगानी गर्ने भए धेरै बाटा खुलेका छन्। शिक्षामा प्रगति हुनेछ। सामाजिक क्षेत्रमा सम्मान प्राप्त होला। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

    वृश्चिक : दिन सामान्य छ। आफूभन्दा ठुलाले असहयोग गर्ने जोखिम हुन्छ। शिक्षाको लगानीबाट उन्नति हुनेछ। परिवारको साथ र सहयोग मिल्नेछ। सामाजिक क्षेत्रमा हात नलगाएकै राम्रो हुन्छ।

    धनु : दिन राम्रो छ। सामाजिक क्षेत्रमा सम्मान प्राप्त हुनेछ। तपाईंले लगानी गरेका क्षेत्रमध्ये शिक्षामा सफलता मिल्नेछ। स्वास्थ्यमा सुधारका संकेत देखिएका छन्।

    मकर : दिन सामान्य छ। कुरा काट्ने सक्रिय छन्। सामाजिक क्षेत्रमा दोष लगाउनेहरु सक्रिय छन्। अपरिचित व्यक्तिको साथ र सहयोग रहनेछ। परिवारको मायाले काम गर्ने परिस्थिति बन्नेछ।

    कुम्भ : शुभ समाचार सुन्न पाइने छ। मनमा उत्साह बढ्नेछ। इष्ट मित्रहरु दाहिना छन्। तपाईंको लगानीबाट फाइदा हुनेछ। परिवार र प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

    मीन : दिन सामान्य छ। सामान हराउने जोखिम देखिन्छ। धर्मकर्ममा मन जानेछ। परिवारको साथ मिल्नेछ। प्रेम सम्बन्ध सामान्य ढंगले अगाडि बढ्नेछ। मन चञ्चल भएकाले धेरै विचार खेल्ने समय छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार