Online Nepal
  • आइतबार, २० जेष्ठ २०८१
  • काठमाडौंको लगनटोलमा हत्या गरेर भागेका रामकाजी पक्राउ

    काठमाडौंको लगनटोलमा हत्या गरेर भागेका रामकाजी पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, ९ चैत्र २०८०
  • 591
    SHARES

    फाइल तस्विर

    काठमाडौं । काठमाडौं महानगरपालिका-२१ को लगनटोलमा २०५६ मा हत्या गरेर भागेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    हत्यामा संलग्न रहेर फरार भएका रामकाजी पोडे पक्राउ परेका हुन् । उनलाई कास्कीको लेखनाथ नगरपालिका–११ स्थित फुलबारीबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।



    पोडे दुरसञ्चार प्राधिकरणमा मेन्टिनेन्सको काम गर्छन् । २०५६ जेठ २ मा रामकाजी पोडे समेतले लगनटोलमा कृष्ण पोडेको हत्या गरेको प्रहरी अनुसन्धानको निष्कर्ष छ ।



    घरायसी विवादमा लगन बस्ने सविन्द्र पोडे, श्याम पोडे र रामकृष्ण पोडे समेतको समूहले बन्चरो प्रहार गरेर कृष्णको हत्या गरेका हुन्।

    जिल्ला अदालत काठमाडौंले सो मुद्दामा श्याम पोडे र रामकृष्ण पोडेलाई जन्मकैद ठहर गरेको थियो । रामकाजीको हकमा मुद्दा मुलतवी राखिएको थियो ।

    जिल्ला अदालतले २०५९ मा चैत ७ मा मुलतवी राखेको मुद्दामा रामकाजीबारे पुनः सुनुवाइ हुनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार