Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आईपीएलमा चेन्नाइको विजयी सुरुवात, बैंगलुरू ६ विकेटले पराजित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) को उद्घाटन खेलमा चेन्नई सुपर किंग्स विजयी भएको छ।

गएराति चेन्नईको एमए चिदम्बरम स्टेडियममा भएको उद्घाटन खेलमा चेन्नईले रोयल च्यालेन्जर्स बैंगलुरूलाई ६ विकेटले पराजित गरेको हो। जितका लागि एक सय ७४ रनको लक्ष्य पाएको चेन्नईले १८ ओभर चार बलमा चार विकेट गुमाउँदै भेट्टायो ।

चेन्नईको जितमा ओपनरद्वय रुतुराज गायक्वाडले १५ र रचिन रवीन्द्रले ३७ रन बनाए । त्यस्तै अजिङ्क्य रहाणेले २७, ड्याल मिचेलले २२ रन जोडे ।

शिवम दुवे ३४ र रविन्द्र जडेजाले २५ रनमा अविजित रहे । बैंग्लुरुका क्यामरुन ग्रीनले दुई तथा यश दयाल र कर्ण शर्माले समान एक विकेट लिए ।

त्यसअघि चेन्नईमा टस जितेर पहिला ब्याटिङ गरेको बैंग्लुरुले निर्धारित २० ओभरमा छ विकेट गुमाउँदै एक सय ७३ रन बनाएको थियो । बैंग्लुरुका अनुज रावत सर्वाधिक ४८ रनमा आउट भए । कप्तान फ्याप डु प्लेसिसले ३५ रन र विराट कोहलीले २१ रन बनाए ।

दिनेश कार्तिक २८ रनमा अविजित रहे । क्यामरुन ग्रीनले १८ रन बनाए । रजत पटिदार र ग्लेन म्याक्सवेल शून्य रनमा आउट भए । चेन्नईका मुस्तफिजुर रहमानले चार विकेट तथा दीपक चहरले एक विकेट लिए । आईपीएल क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077