Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • कांग्रेस नेता कोइराला भन्छन् – देशमा स्थायी गठबन्धन छैन, प्रदेश सरकारलाई नफेरौं

    कांग्रेस नेता कोइराला भन्छन् – देशमा स्थायी गठबन्धन छैन, प्रदेश सरकारलाई नफेरौं

    अनलाइन नेपाल
  • मंगलबार, १३ चैत्र २०८०
  • 348
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले पटक पटक सरकार बन्नु र ढल्नु विकास र संघीयताको स्थायीत्वका लागि ठीक हुने बताएका छन्।

    मंगलबार फेसबुकमा लेख्दै नेता कोइरालाले यस्तो बताएका हुन् । नेता कोइरालाले देशमा कुनै स्थायी गठबन्धन नभएकाले संघ र प्रदेशमा एउटै गठबन्धन हुनुपर्छ भन्ने नभएको तर्क गरे।



    नेता कोइरालाले सामाजिक सञ्जालमा लेखेका छन्,’निर्वाचन भएको डेढ बर्षमै पटक(पटक प्रदेश सरकारहरु बन्नु र ढल्नु विकास र संघीयताको स्थायीत्वका लागि बेठिक हुन् । हाम्रो देशमा कुनै स्थायी गठबन्धन नभएकाले संघ र प्रदेशमा एउटै गठबन्धन हुनुपर्छ भन्ने छैन र हुनुहुँदैन । वर्तमान प्रदेश सभाका अंकगणित हेर्दा संघकै गठबन्धन अनुरुप प्रदेशमा पनि सरकार बनाउन खोजे कुनै प्रदेशमा संवैधानिक र कानूनी जटिलता आउने तथा कुनै प्रदेश मध्यावधिमा जाने देखिन्छ । मध्यावधि निर्वाचन आजको आवस्यकता र बाध्यता दुवै होइन । यसले संघीयता विरोधी स्वरलाई मलजल गर्दछ । तसर्थ हरेक विकल्पमा छलफल गरौं र हालका प्रदेश सरकारहरुलाई स्थायित्व दिऔं।’



    नेता कोइरालाले स्थायी गठबन्धन नहुँदा त्यसको असर संघ र प्रदेशमा पर्ने गरेको उल्लेख गर्दै मुलुकलाई स्थायी गठबन्धन आवश्यक रहेको औंल्याए।

    वर्तमान प्रदेशसभाको अंक गणित हेर्दा संघकै गठबन्धनअनुरुप प्रदेशमा पनि सरकार बनाउन खोजे कुनै प्रदेशमा संवैधानिक र कानुनी जटिलता आउने तथा कुनै प्रदेशमा मध्यावधिमा जाने देखिने बताउँदै नेता कोइरालाले मध्यावधि निर्वाचन आजको आवश्यकता र बाध्यता दुवै नभएको तर्का गरे।

    यसले संघीयता विरोध स्वरहरूलाई मलजल गर्ने उनको भनाइ छ। प्रदेश सरकारलाई स्थायित्व दिन छलफल जरूरी रहेको नेता कोइरालाको भनाई छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार