Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

अहिले राजनीतिमा छट्टुहरू हाबी हुन थाले : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली राजनीतिमा छट्टुहरू हाबी हुन थालेको टिप्पणी गरेका छन् ।

काठमाडौंमा आयोजित ‘नेपालको लोकतान्त्रिक आन्दोलन र नविन्द्रराज जोशी’ विषयक अन्तरक्रियामा बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुन् ।

महामन्त्री थापाले भने,‘कांग्रेसलाई इमान्दार पनि, सँगसँगै योग्यताका निम्ति पर्यत्न गर्ने मानिसहरू बढी चाहिएको छ। राजनीति विस्तारै कस्तो हुन थाल्यो भने छट्टुहरू हाबी हुन थाले। छट्टुहरू आउँछन्, लटरपटर पार्छन्, झुक्याउँछ, यसो रंगरोगन गर्छ र जान्छ। हामीलाई छट्टुहरू चाहिएको होइन।’

पार्टीलाई धैर्यता, गति र मति भएको मानिसहरू आवश्यक परेको थापाले बताए। कांग्रेसले ठिक ढंगले आफ्नो लय पक्रनुपर्ने उनले बताए।

जनताले लामो समयदेखि धैर्यता राखिरहेको उनले बताएका छन्। चेतनाको राजनीति गर्नेहरूले लय पक्रनुपर्ने उनले बताए।

महामन्त्री थापाले रूपान्तरका लागि प्रयास गरिनुपर्ने बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077