Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आईपीएलमा चेन्नईको लगातार दोस्रो जित, गुजरात ६३ रनले पराजित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा साविक विजेता चेन्नई सुपर किंग्सले लगातार दोस्रो जित निकालेको छ ।

गएराति भएको खेलमा चेन्नईले गुजरात टाईटन्सलाई ६३ रनले हराउँदै जित निकालेको हो । चेन्नईले दिएको २ सय ७ रनको लक्ष्य पछ्याएको गुजरातले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४३ रन मात्र बनाउन सक्यो ।

गुजरातका लागि साई सुदर्शनले सर्वाधिक ३७ रन बनाए । रिद्धिमान शाह र डेभिड मिलरले समान २१ रन बनाए । चेन्नईका लागि मुस्तफिजुर रहमान, तुशान देशपाण्डे र दिपक चहरले समान २–२ तथा ड्यारेल मिचेल र एम पाथीरानाले समान १–१ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको चेन्नईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २ सय ६ रन बनाएको थियो । चेन्नईका लागि शिभम दुबेले ५१ रन र रचिन रवीन्द्रले ४६ रन, कप्तान रुतुराज गाइक्वाडले ४६ रन बनाए भने ड्यारेल मिचेल २४ रनमा नटआउट रहे ।

गुजरातका लागि राशिद खानले २ तथा साई किशोर, स्पेन्सर जोन्सन र मोहित शर्माले समान १–१ विकेट लिए । आईपीएलमा आज मुम्बई र सनराईजर्स हैदराबाद खेल्दैछन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077