Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • प्रधानमन्त्री प्रचण्ड भन्छन् – आगामी निर्वाचनमा विदेशमा रहने नेपालीले मतदान गर्न पाउँछन्

    प्रधानमन्त्री प्रचण्ड भन्छन् – आगामी निर्वाचनमा विदेशमा रहने नेपालीले मतदान गर्न पाउँछन्

    अनलाइन नेपाल
  • आइतबार, १८ चैत्र २०८०
  • 1.2K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचन भित्र विदेशमा रहने नेपालीले मतदान गर्न पाउने बताएका छन् ।

    गएराति संसारभरिका माओवादी प्रवास कमिटीका कार्यकर्ताहरूलाई भर्चुअल रूपमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।



    उनले प्रवासमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न विदेश स्थित नेपाली दूतावास मार्फत तदारुकताका साथ तयारीको कार्य भइरहेको बताए ।



    यस्तै गैरआवासीय नेपाली सङ्घमा देखिएको समस्या आगामी वैशाख २ गते अदालतको फैसलापछि निर्णय गरिने उनको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार